रुकुमको जातिय नरसंहार त्यो घटना मृ,तकका आफन्तले अझै पाएनन न्याय
रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडान. ८ सोतिमा नरसंमाहार जातीय घटना घटेको आज ठिक एक वर्ष पुरा भएको छ।
जाजरकोटका नबराज विक, लोकेन्द्र सुनार , सन्जु बिक , टिकाराम सुनार गोबिन्द शाही , गणेश बुढालाई रुकुम पश्चिम सोतिमा आजकै दिन जातियताको आधारमा ह,त्या गरि भेरी नदीमा फालीएको थियो।मृ,तकसंगै गएका केहि साथीहरु भने भागेर बच्न सफल भएका थिए।
सोतिमा नबराज विक कि प्रेमिका सुस्मा मल्ललाई लिन जाने क्रममा सुस्माको परिवारले जातियताको कारण पुरै गाँउका स्थानीयलाई बोलाएर उनीहरुको ह,त्या गरेका थिए।
हत्याका पिडितले अझै सम्म न्याय पाउन सकेका छैनन्। घटनामा संलग्नलाई सरकारले अहिले सम्म सजाए सम्म तोकेको छैन भने को दोषी भनेर समेत ठहर गर्न सकेको छैन।
घटनामा संलग्नलाई अनुसन्धान गर्ने भन्दै सरकारले झन्डै ३२ बढीलाई नियन्त्रणमा लिएको थियो। ति मध्ये सुस्माको आमालाई एक लाख धरौटीमा छोडीएको थियो भने सुस्मा मल्ललाइ उमेर नपुगेको भन्दै नेपालगंज बालसुधारगृहमा पठाईएको थियो।
नबराज विकको शव फेला परेको ठाँउमा ६ जना मृ,तकका आम बुबा आफन्तले आज श्रदान्जली दिदै हजार दिया जलाएर उनीहरुको आत्मालाई पुकारेका छन्। हत्यारालाई अझै सम्म सरकारले कारबाही नगर्दा आफुहरु अन्यायमा परेको मृतकका आम बुबाले रुदै बिलौना गरेका छन्।
दलितले मल्ल थरकी छोरी विवाह गर्न खोजेको भन्दै सुस्मा मल्लकी आमाले गाँउलेलाई जानकारी गरेकी थिइन्। लगतै यो घटनाका मुख्य दोषी वडान ८ का वडा अध्यक्ष डम्बर बहादुर मल्लले गाँउभरका मान्छे लगाएर ६ जनाको हत्या गर्न लगाएका थिए।मुख्य दोषीसंगै घटनामा संलगनलाई अझै सरकारले कारबाही गरेको छैन।