दम्भ र अहंकारले मानिसमा विनाश निम्त्याउछ जुन वर्तमान राजनीतिकमा हामीले भोग्नु परेको छ :प्रचण्ड

जेठ १२ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दम्भ र अहंकारले मानिसमा विनाश निम्त्याउने र जसको ज्वलन्द उदाहरण वर्तमान राजनीतिमा भोग्दै आईरहेको स्मरण गरेका छन्।

गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले गौतम बुद्धले नेपाली जन्मभूमिमा जन्म लिएर विश्व शान्ति र अहिंशाका लागि पुर्याउनु भएको योगदान नेपालीका लागि गर्वको कुरा रहेको बताए।

बृहत् जनसमुदायको भावना र आकंक्षा विपरित सानो वर्ग ,समूह र झुण्डको स्वार्थ हितले २१ औ सताब्दीको विचार भावना र चेतनालाई दर्शाउन नसक्ने समेत उनले बताएका हुन्।

त्यस्तै पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र विकल्प रहेको पनि प्रचण्डले बताए ।

जसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गरे । यस्तै किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा प्रचण्डले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।