बुद्ध जयन्तीको अवसरमा सिमित भिक्षु–भिक्षुणीहरुको प्राथना
जेठ १२ ,वुटवल – २५६५ औं बुद्ध जयन्तीको अवसरमा सामाजिक दूरी कायम गर्दै थोरै मात्रामा पाहुना सहभागी भई गौतम बुद्दको प्राथना गरिएको छ।
यस पटक बुद्धजयन्तीका अवसरमा देस विदेशबाट आउने पर्यटक भने आएक छैनन भने अघिल्लो बर्षजस्तो गरि भिड भाड पनि भएको छैन। सिमित मात्रामा भिक्षु–भिक्षुणीहरुले मायादेवी परिसरमा प्राथना गरिरहेको बुझीएको छ।
मायादेवी परिसरमा लुम्बिनीमा रहेका महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामाबाट धार्मिक पूजा तथा मन्त्रोचारण गरिएको छ ।
बिहान ७ बजेबाट सुरु मन्त्रोच्चारण ८ बजेसम्म चलेको थियो । जसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलपनि सो कार्यक्रममा सहभागी भएका थिए।