भेरी अस्पतालमा नर्समाथि आक्रमण गर्ने रावत बलात्कार मुद्दामा पक्राउ परेर जेल बसेका थिए

जेठ १४ ,काठमान्डौ – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नर्समाथि आक्रमण गर्ने रावत मन बहादुर राउत यो भन्दा अगाडी बलात्कार मुद्दामा सफाई पाएर निक्लीएको खुलासा भएको छ।

दाङ तुलसीपुर उपमहानरपालिका,११ उरहरीनिवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। उक्त विषयलाई लिएर उनका भाई मानबहादुर लगायतको समूहले अस्पताल तोडफोड गर्दै नर्स तथा डाक्टरमाथि हातपात गरेका हुन्।

मानबहादुर रावत एमाले प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्।

गृह जिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन्। रावत यसअघि सरकारी कर्मचारी पनि थिए। छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए।सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए।

पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए। अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्।

ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए।त्यसपछि रावतमाथि जवर्जस्ती करणी रोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ पनि दियो।

स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए।

त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए। त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए।

‘पटक पटक उहाँको चरित्रमाथि प्रश्नहरू उठिसकेका छन्। बलात्कार, दुर्व्यवहारजस्ता आरोपहरू लाग्दै आएका छन् तर पनि पार्टीकै ठूला मान्छेहरूले उहाँलाई संरक्षण दिइरहनुभएको छ’ दाङका एक जना एमाले नेताले भने ‘हामीले त पहिलादेखि नै उहाँलाई कारबाही गर्न माग गर्दै आएका हौं।

रावतको समूहले अस्पतालका कर्मचारीमाथि कुटपिट गरेपछि अस्पतालक्षेत्र अहिले प्रदर्शनमा उत्रीएको छ। विभिन्न संघ संथाले आक्रमण गर्ने जोकोहीलाई पक्राउ गरि कारबाहीको माग समेत गरेका छन्।बाँके जिल्ला प्रहरीले मानबहादुरलगायत ३ जनालाई पक्राउ गरेको छ।