बजेट प्रचार बाजीको लागि ल्याईएको होईन कार्यान्वयन हुन्छ :बिष्णु पौडेल

काठमान्डौ – अर्थमन्त्री विष्णु पौडेलले प्रचार बाजीको लागि मात्र नभई कार्यान्वयको लागि ल्याईएको बताएका छन्। आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको बजेटमा कुनै शंका नगर्न अर्थमन्त्री पौडेलले आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बताएका हुन्।

उनले भने यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमानै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ ।

कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं ।मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए ।

आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए । उनले सोमबारदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए ।

उनले भने, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन पौडेलले भने ।सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने पनि बताए ।

कतिपयले काम चलाउ सरकारले ल्याएको बजेट कार्यान्वन नहुने भन्दै भर्म छरेका छन्।तर यो संवैधानिक प्रबन्धअनुरुप नै आएको छ । मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो – त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो ।

अर्को विकल्प थिएन यो कामचलाउ बजेट नभई पूर्ण बजेट हो पौडेलले भने। सरकारले कोरोना महामारीलाई बिर्सीएको छैन। उनले कोभिड विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता पनि जनाए ।