प्रतिनिधिसभा विघटनविरुद्द परेको रिटको सुनुवाई १८ गते हुने
काठमान्डौ – प्रतिनिधिसभा विघटनविरुद्द परेको रिटको सुनुवाई आगामी मंगलबार १८ सुनुवाई हुने भएको छ। आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दिएका जवाफमा विवाद भएको थियो ।
कानुन व्यवसायीहरु गोविन्द बन्दी, माधवप्रसाद यादव, रमण श्रेष्ठ, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, शम्भु थापालगायतले न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको संवैधानिक इजलासमा सहभागिताबारे प्रश्न उठाएका थिए।
दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको हुँदा जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै सर्वोच्च अदालतले राखेको छ। संसद् पुन : स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी ५ दलले सर्वोच्चमा रिट दायर गरेका थिए।