राजेन्द्रमहतो उपप्रधानमन्त्री बनेपछि म किन मन्त्रीमा बस्ने हृदयेश त्रिपाठी
जेठ २१, काठमान्डौ – स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका छन् ।
काम चलाउ ओली सरकारले नयाँ बन्न लागिएको मन्त्रिपरिषदमा आफूभन्दा जुनियर नेताहरुलाई उपप्रधानमन्त्री बनाएको भन्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका हुन।
त्रिपाठीलाई स्वास्थ्यको जिम्मेवारीबाट ओलीले पाखा लगाएका छन । स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि उनी आक्रोसित बनेको पाईन्छ ।
‘राजनीतिमा म भन्दा जुनियर राजेन्द्रजीलाई उपप्रधानमन्त्री मानेर म मन्त्री बस्न सकिदनँ,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
मन्त्रीपरिषदको बैठकमै मन्त्री त्रिपाठीले महतोसँगै नयाँ उपप्रधानमन्त्री भएका विष्णु पौडेल र रघुवीर महासेठ पनि आफूभन्दा जुनियर रहेकाले पद अस्वीकार गरेको श्रोतले बताएको छ । गैरकानुनी हिसाबले आज जसपाका १० मन्त्री थपेका छन ।