कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न एमालेको माग
जेठ २९ ,काठमान्डौ – नेकपा एमालेले कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गरि हदै सम्मको कारबाही गर्न माग गरेको छ।
वैद्यले शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका छन्।
त्यस्तै नाथुरामको आवस्यकता पर्यो भने आफूनै बन्नेपानी उनले अभिव्यक्ति दिएका छन्। नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
नरोत्तम वैद्यको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा अचौतार्फी आलोचना भएको छ भने उनलाई तत्काल पक्राउ गर्न एमालेले माग गरेको छ। एमाले नेता सांसद महेस बस्नेतले वैद्यलाई तत्काल पक्राउ गरि छानबिन गर्नुपर्ने माग राखेक छन्।
कांग्रेसले प्रधानमन्त्री ओलीको हत्या गर्ने योजना बनाएको भन्दै महेश बस्नेतले केपी ओलीको लागि आफूहरुले जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत बताएका छन्।
त्यस्तै एमाले नेता योगेश भट्टराईले भनेका छन्। बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।
त्यस्तै एमाले नेता भिम रावलले प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.मं. केपीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ।
यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिकरूपमा क्षमा माग्नु पर्छ।राजनीति सिद्धान्त, विचार,नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्छ।
प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.मं. केपीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ।यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिकरूपमा क्षमा माग्नु पर्छ।राजनीति सिद्धान्त, विचार,नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) June 12, 2021