सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

असार २ काठमाडौं – सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो ।

बैठकमा अहिले बाढी, पहिरोका कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृ,त्यु भएको छ भने कयौ वेपत्ताको आशंका छ। निरन्तरको वर्षाले देशभरमा बाढी पहिरोले जनजीवन प्राभावित भएको छ।
सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट हवाई उद्धार गरेको छ ।भने अन्य स्थानमा फसेकाहरुलाई पनि सेनाले उद्दार जारी राखेको छ।
