पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्षेत्र धुलिखेल सडकको यस्तो हालत

असार ३ ,काठमाडाैं- नेकपा एमाले केपी ओली समूहका नेता पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको चुनावी क्षेत्र धुलिखेल नगरपालिका -१२ मा यातायातका साधन यसरि फसेका छन्।

केहिदिन लगातारको वर्षाले सडकहरु हिलाम्य भएका छन् ,तर यो सडक कयौ वर्षदेखि यो अवस्थामा रहेको स्थानीयबासि बताउछन। दैनिक हजारौ यातायात आवतजावत गर्ने यो सडक हाल सम्म कालोपत्रे हुन सकेको छैन।

चुनावी प्रतिबद्दतामा गोकुल बाँस्कोटाले नागरिकलाई हजारौ सपना देखाएका थिए तर उनि मन्त्री भएपछि भ्रस्टाचार मुद्दामा मुछिएका थिए। प्रिण्टिङ्ग प्रेश खरिदमा बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो बाहिरिएपछि उनलाई मन्त्रीपदबाट बर्खास्त गरिएको थियो।

lekbesi

बाँस्कोटाको देखावटी मात्र ७० करोड तर १२ अर्बको कमिसनमा चलखेल गरिएको भन्दै उनलाई सर्वोच्च अदालतमा रित दायर गरिएको थियो। तर उनि प्रधानमन्त्री ओलीका विश्वासपात्र भएकै कारण उनको मुद्दा झिसमिस भएको थियो।

भ्रस्टाचार गरेपछि गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले बम प्रहार गरेको थियो। बर्खास्त पछि केपी ओलीको घर बालकोटमा बस्दै आईरहेका उनि अहिले आफ्नै घरमा बसेका छन्।