वाइसिएल नेपाल राहत लियर पुग्यो सिन्धुपाल्चोकको हेलम्बु
असार ४ ,सिन्धुपाल्चोक- वाइसिएल नेपाल केन्द्रीय समितिको टिम बाढी प्रभाबित क्षेत्र सिन्धुपाल्चोकमा हेलम्बु चनौटेमा राहात सामग्री लिएर पुगेको छ।
वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिप शिखा) केन्द्रिय टिमसहित बाढी पिडितकोको लागि भाँडा ,कुडा ,लत्ता कपडा ,खाद्यान बोकेर हेलम्बु चनौटेमा पुगेका हुन् ।
पिडितलाई राहत हस्तान्तरण गरेपछि बाढी प्रभावित क्षेत्रको अवलोकन र उद्दारमा टिमलाई खटाईने दिप् शिखाले रंग दर्पणलाई बताए।
हामि भर्खरै राहत लिएर बाढी प्रभावित क्षेत्र हेलम्बु चनौटेमा पुगेका छौ ,केहि छिनमा राहत हस्तान्तरण गरेपछि प्रभावित क्षेत्रको अवलोकन गर्नेछौ भने घाईते अपाङ्गको उद्दार उपचारमा जुट्ने छौ याँहाको क्षति विवरणपनि हामि संकलन गर्ने उनले भने।
त्यस्तै सिन्धुपाल्चोक पछि अन्य जिलाका बाढी पिडितलाई पनि राहत सामग्री उपलब्ध गराईने युवा नेता धिरज उपरकोटीले बताए। अहिले सबै बाढी पिडित क्षेत्रमा हाम्रो टिम खटेको छ ,सके जति साथ सहयोग गरिरहेको छ। यो विषम परिस्तिथिमा सबैले सक्दो सहयोग गर्नुपर्ने बेला आएको छ उनले भने।
केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको वाईसीएल नेपालको बैठकले आज राहत लिएर सिन्धुपाल्चोक जाने निर्णय गरेको थियो ।यस्तै वाइसीएलले कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै विपद कोष स्थापना गरेको छ ।
हिजोबाट सुरु गरिएको विपद कोषमा आन्तरिक संगठनबाट तीन लाख रुपैयाँ जम्मा भइसकेको पनि नेपालले बताएको छ। विपदमा सहयोग गर्ने जो कोहिले प्रभु बैंकको कोटेश्वर शाखामा रहेको Young communist league nepal को एकाउन्ट नम्बर 02000100431790000003 सहयोग गर्न सकिनेपनि वाइसिएल नेपालले जनाएको छ।
मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीलेले भारतीय र चिनियाँसहित २० जना बेपत्ता भएका छन् भने अर्बौको धन जन क्षति भएको छ।