ढुंगा,गिटी निकासी गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमान्डौ – सर्वोच्च अदालतले ढुंगा,गिट्टी लगायतका वस्तु निकासी गर्ने सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले शुक्रबार यस्तो अन्तरिम आदेश दिएको हो ।
अवैधानिक सरकारले बजेटमार्फत गिट्टी, ढुंगा निकासी गरि नेपालको व्यापार घाटापूर्ति गर्ने भन्दै प्रस्तुत गरेको थियो,हाल नेपालबाट ढुंगा गिटी निकासी गर्न प्रतिबन्ध छ ।
जसको कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेका थिए । सरकारले ल्याएको उक्त योजनाले नेपालको चुरे दोहन हुने भन्दै चौतर्फी विरोध गरिएको थियो ।