आर्थिक वर्षको बजेट बारे आज मंत्रालायमा छलफल ,,

जेठ,२७ काठमाडौं – आर्थिक वर्ष २०७५/७६ को बजेटमा आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ । छलफलको लागि आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । छलफल असार १ गते सक्ने गरि शनिबार बाहेक प्रतेक दिन ११ बजे देखि अपराहन्न ४ बजे सम्म मन्त्रालयगत शिर्षकमा हुने छ ।

पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा छ ।

त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ । जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी छ ।

lekbesi