राजेन्द्र महतोलाई सिंहदरबारमा प्रवेश निषेध गर्दै मूलगेटमा सूचना
असार ७ काठमान्डौ – अवैधानिक सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोलाइ सिंहदरबारमा प्रवेश निषेध गरिएको छ।
नयाँ पार्टी नेपालले आफ्नो छाप सहितको सिंहदरबारको मूलगेटमा सूचना टाँसेर महतोलाई सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरेको जानकारी गरेको छ।त्यसतै महोतोलाई नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन समेत नयाँ पार्टीले चुनौती दिइएको छ ।
सूचनामा भनिएको छ,‘नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ ।
काम चलाउ प्रधानमन्त्री र अवैधानिक केपी ओली नेतृत्व सरकारमा जनता समाजवादी पार्टीबाट महतो उपप्रधानमन्त्री बनेका थिए। मन्त्री बनेकै दिन इनले देश द्रोहको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भएको थियो।
साथै नागरिकले उनलाई तत्काल देश निकाला गर्नुपर्ने माग गरेका छन्। सरकारले नगरे जनतालेनै कारबाही गर्ने समेत चेतावनी दिएका छन्।