नेपालमा हिंसा बढाउने मूल कारण यहॉका कानुन र प्रहरीको दादागिरी शैली हो : पूर्वसचिव भिम उपाध्याय

असार ७ ,काठमान्डौ – नेपाल सरकारका पूर्वसचिव सामाजिक व्यक्तित्व भिम उपाध्यायले नेपालमा हिंसा बढाउने मूल कारण यहॉका कानुन ,सरकारी कामगराई र प्रहरीको दादागिरी शैली रहेको बताएका छन् ।
नेपालका कानुनहरु सद्भाव बढाउने नभई मुद्दामामिलामा फसाउने, बदला लिने, पैसा असुल्ने,र अपराध गर्नमा अझै हौसाउने गर्ने हुँदा नेपालमा झनै हिँसा हुने गरेको उनको भनाई छ।
कानुनहरू त्यसको कार्यान्वयनमा राजनीतिक दुरूपयोग गर्ने र घूस खानअनुकूल हुदै गएकोले यहॉ द्वन्द कुनै हालतमा नघट्ने र झन् बढ्ने खतरा रहेको भिम उपाध्यायको टिप्पणी छ ।


२०५२ सालमा माओबादी विद्रोह चर्किनुमा प्रहरी, सरकार र सेनाकै निर्णायक भूमिका थियो जसको इफेक्ट अहिले सम्म छ र दशौ वर्ष रहने छ त्यस्तै अहिलेको नेपालको कानुनि परामर्शले पनि अहिलेको हिँसा लामो समय रहने उनले बताए।
सबैमा मनमा बदलाको भावना र हिंसा देखिन्छ। बूढा नेताहरू झन छाडा र छिल्लिएका छन् किनभने यिनको मनमा नै हिंसाको बास छ। अहिले पद पाएर हसुर्न पाएकोले ती चुप जस्ता देखिए पनि पद खोसिनासाथ तिनको रडाको सजिलै देख्न सकिन्छ।
उपाध्याय लेख्छन तिनका टट्टूहरुलाई हेर्नुस् त कति साह्रो हिंसात्मक छन्। सत्ताको आडमा तिनलाई हिंसा गर्न छुट छ। तर, सबैले बुझून् हिंसाले प्रति हिंसा नै जन्माउछ। कहिले सासूको कहिले बुहारीको पालो भनेको यही हो।
