राष्ट्रपतिले ओलीलाई ‘यु आर नो मोर प्राइममिनिस्टर’ भन्नुपर्थ्यो :वरिष्ठ अधिवक्ता कार्की

असार ९ ,काठमान्डौ – वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पथ्र्यो भन्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारबाट सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुरु भएको बहसमा बोल्दै वरिष्ठ अधिवक्ता कार्कीले भन।

विश्वासको मत नपाएपछि प्रधानमन्त्री एक छिन पनि बस्न मिल्दैन राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने, के गर्‍या हो यो भन्दै प्रश्न गरे ?

बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत केहो भन्दै कार्कीले थप प्रश्न गर। प्रधानमन्त्रीको पद खेलाँचीको पद हो? नैतिकता भएन । प्रधानमन्त्रीको शक्ति लिखित रुपमा लिइने भन्दै राष्ट्रपतिले यू आर नो मोर प्राइममिनिस्टर भनेर भन्नुपर्ने हो अधिवक्ता कार्कीले भने ।