राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तिन जनालाई एक अर्ब बिगोको भ्रष्टाचार मुद्दा
काठमान्डौ – आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई मुद्दा दायर गरिएको छ।