ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो : पाँच दलीय विद्यार्थीको संयुक्त प्रदर्शन

असार १०काठमान्डौ – प्रतिनिधिसभा विघटनविरूद्ध विपक्षी गठबन्धन पाँच दलीय विद्यार्थीले संयुक्त प्रदर्शन गर्दै सडकमा उत्रिएका छन्।

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको बिरोध गर्दै बिहीबार दिउँसो उपत्यकाको प्रदर्शनी मार्गमा प्रदर्शन गर्दै उनीहरुले नाराबाजी गरेका छन्।

प्रतिगमन नाइके केपी ओली मुर्दावाद’, ‘ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो’, असंवैधानिक कु खारेज गर ,विधिको शासन लागु गर ‘कोभिड–१९ खोपको तत्काल व्यवस्था गर लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित कोरोनामहामारीलाई चुनौतीदिदै प्रस्तुत भएका हुन् ।

त्यस्तै उनीहरुले  तत्काल विघटित संसद सूचार गर्न समेत माग गरेका हुन् भने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।