प्रधानन्यायाधीशको प्रश्न- विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? छलेर जान मिल्छ

असार १५ ,काठमान्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भन्दै प्रश्न गरेका छन्।

संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यो प्रश्न गरे ।

पाण्डेयले बहस सुरु गर्दै विश्वासको मत पाउँदिन, धारा ७६ (३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर ठान्नु भो र राष्ट्रपतिकहाँ गएको बताएका थिए। लगत्तै प्रधानन्यायाधीश जबराले सोधे, ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ र ?

प्रधानन्यायाधीश जबराको यो प्रश्नपछि पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जवाफ दिए । विश्वासको मत पाउन नसक्ने देखिएपछि यो कदम चालिएको हो।

उनको यस्तो गैरजिम्मेवारी प्रश्न र जवाफले प्रधानन्यायाधीशनै तिन छक्क परे। प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ सांसदले दायर गरेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भईरहेको छ। जसमा सरकारको पक्षबाट बहस भईरहेको छ।