रत्नपार्कको बसपार्क हटाईदिएपछि यात्रु खोज्न टुँडिखेल देखि सुन्धार जानुपर्ने बाध्यता

असार १५ ,काठमान्डौ – झन्डै दुइ महिनामा जोर विजोर प्रणालीमा सवारी साधन गुड्न पाएका छन्। सवारी साधन फाट्ट फुट्ट देखिएपनि यात्रु भने पाउन मुश्किल छ।

काठमाण्डाै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले हिजाे गरेको निषेध आदेशअनुसार काठमाण्डाै उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा सवारी साधान आजदेखि चल्न सुरु गरेका हुन्।

यस्तै काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेका चालकले गुनासा गरेका छन्। सिट क्षमताको आधा सङ्ख्यामा यात्रु बोक्नुपर्ने र त्यही सङ्ख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्‍याउन पनि धौ-धौ भएको उनीहरूको गुनासो छ ।

महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरिपरि घुमेको घुम्यै गर्नुपरेको चालकहरूले गुनासो गरेका छन् ।

उनीहरूले यातायात मजदुरको समस्यालाई सरकारले बुझ्न नसकेको र अवहेलना गरेको आरोप लगाए । बूढानीलकण्ठ-रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्नले जति भने पनि सरकारले आफूहरूको गुनासो नसुनेको बताए।

२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक गाडीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका गाडीलाई अझै पनि सञ्चालनको अनुमति दिइएको छैन ।

माइक्रोबसका चालक तथा सहचालकहरू राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र आफूहरूकाे समस्या नबुझेको गुनासो गर्छन् । साथै काठमाण्डौ महानगरले रत्नपार्कबाट बसपार्क हटाउने गरेकाे निर्णय पनि अव्यावहारिक भएको उनीहरूकाे दाबी छ ।

बूढानीलकण्ठ–रत्नपार्क रुटका सहचालक लीलाराज गिरी वैकल्पिक ठाउँ नतोकिकन बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा गाडी चालक समस्यामा परेको बताए ।

यसैबीच आजदेखि काठमाण्डाै उपत्यकाका तीन जिल्लामा ठूला सार्वजनिक गाडी गुड्न थालेका छन् । अटोमोमोबाईल व्यवसायीहरू भने लामो समयदेखि ग्यारेजमा थन्किएका गाडी सामान्य मर्मतविना सडकमा निकाल्न नहुने बताउछन ।

अटोमोबाईल व्यवसायी मधुसूदन सिग्देलले मेसिनरी सामानहरू सञ्चालन नगरि थन्काएर राख्दा विभिन्न पाटपुर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका गाडीकाे अवस्था जाँच गराएर मात्रै बाहिर निकाल्नुपर्ने बताउछन ।

विना जाँच नै गाडी सडकमा ल्याउँदा दुर्घटना हुन सक्ने भन्दै अटाेमोबाईल व्यवसायी सिग्देलले सबैलाई आ–आफ्ना गाडीकाे सामान्य जाँच गराउन आग्रह गरे । लामो समय सञ्चालनमा नरहेका गाडीकाे स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले विना जाँच बाहिर निकाल्दा दुर्घटना हुन सक्नेतर्फ ध्यान दिन उनले आग्रह गरे।