गोठमा सुत्केरी बेथालागेर छटपटी रहेकी महिलालाई सेनाले बोकेर अस्पताल यसरि लगे
असार १८ रसुवा- सुत्केरी बेथा लागेकी एक महिलालाई नेपाली सेनाले उद्धार गरेर अस्पतालमा सकुशल पुर्याएको छ । चौँरीगोठमा सुत्केरी बेथालागेर छटपटी रहेकी गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ ठूलोस्याफ्रु निवासी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ टोलिले स्टेचरमा बोकेर अस्पताल पुर्याएको हो।
गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट नेपाली सेना विष्णु दल गणले स्ट्रेचरमा बो’के’र उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्याएको हो ।
सो स्थानमा सडक संजाल देखि जनशक्ति नभएपछि महिलालाई अस्पताल पुर्याउन कठिन भएको थियो। बेथा लागेकी महिला जङ्गलमा छटपटीएको खबर पाएपछि शैनिकहरुले बोकेर अस्पताल पुर्याएका हुन्।
सैनिकले अस्पताल पुर्याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको जिल्ला अस्पतालका सिनियर अनमी हिमालय भट्टले बताईन ।