सर्वोच्चमा विचाराधीन मुद्दाबाट दुईदिन भित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन
असार १८ काठमान्डौ – सर्वोच्चमा विचाराधीन मुद्दाबाट दुईदिन भित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन बैठकले निर्देशन दिएको हो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि उपस्तिथ छन ,त्यस्तै पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत पनि उपस्थित छन् । नेपाल खनाल पक्षले यो बैठकलाई अवैधानिक भन्दै हिजोनै बहिस्कार गरिसकेको छ।