देउवाको पक्षम गरिएको हस्ताक्षर सोमवार बेलुका ५ बजेसम्म फिर्ता लिन निर्देशन
असार १८ ,काठमान्डौ – नेकपा एमालेले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरूलाई सोमवार सम्ममा हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निरणय गरेको हो।देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूलाई सोमवार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।
देउवालाई प्रधानमन्त्री बन्न नेपाल खनालका २३ सांसदले हस्ताक्षर गरेका छन्। ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने सक्ने बैठकमा केपी ओलीले बताए। बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षलाई जानकारी गराउने पनि पार्टीले निर्णय गरेको एक नेताले बताए ।
आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएका वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु देशको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, देश र नागरिककाे चाहना, हित केहीसँग पनि मेल खाने विषय होइन प्रदीपकुमार ज्ञवालीले बताए।
सर्वोच्चमा बुझाईएको हस्ताक्षरलाई आउने सोमवार बेलुका ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्नका निम्ति हामीले आह्वान गरेका छौँ उनले भने ।एमाले केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि बस्ने प्रवक्ता ज्ञवालीले जाकारी गरे ।