Gold

वडा अध्यक्षले स्थानिलाई ईट्टा प्रहार गरेर टाउको फुटाईदिए

Naumule Migrate

असार १९ ,काठमाडौं- झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले ईट्टा प्रहार गर्दा स्थानीय अर्जुन थेवेको टाउकोमा गम्भीर चोट लागेको छ।

सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले थेवेलाई इटा प्रहार गरेका थिए । उनको टाउकोमा ६ टाँका लगाइएको छ । चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पछि उनलाई बिएण्डसी हस्पिटलमा उपचार गरिएको छ । प्रहरीका अनुसार थेवेको अवस्था अहिले सामान्य छ।

आज घटनाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ ।

Naumule Badhipahiro