रुकुम चौरजहारी

नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएकाे तालाबन्दी प्रहरीले खुलायो, केहि कर्मचारी घाईते

रुकुम आठ विसकोट

काठमान्डौ – नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएकाे तालाबन्दी प्रहरीले खुलाएको छ । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका थिए ।

प्रहरीले ताला खोल्दा बल प्रयोग भएपछि केहि कर्मचारी घाईते भएका छन् । सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा गराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारीले शुक्रबारदेखि आन्दोलन शुरु गरेका थिए ।

कर्मचारीले अर्थ मन्त्री विष्णु पौडेललाई पत्र बुझाउदै ध्यानाकर्षण गराएका छन् । कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ । निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो ।