सरकारविरुद्द संयुक्त ५ विद्यार्थी सङ्गठनको माईतिघरमा सिठ्ठी जुलुस

असार २४ ,काठमाडौं – संयुक्त ५ विद्यार्थी सङ्गठनहरुले माईतिघर मण्डलामा सरकारविरुद्द प्रदर्शन गरेका छन्। पेट्रोलियम पदार्थको मुल्यवृद्धि र भ्रष्टाचारविरुद्ध राजधानीको माइतीघर उनीहरुले सिठ्ठी जुलुस निकालेका हुन्।

 

असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

नेत्रविक्रम चन्द समूह सम्बद्ध जनवर्गीय संगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।भ्रष्टाचार, अनियमितता र विभिन्‍न वस्तुमा भएको मूल्यवृद्धि र चितवनकी सुजिता भण्डारीको हत्याको विरोध गर्दै संगठनले विरोध गरेको हो।