प्रचण्डले बनाए छलफललाई तिब्र कोटेश्वर पछि देउवा निवासमा
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमारलाई भेटेका छन् । प्रचण्ड नेता नेपाललाई भेट्न शनिबार दिउँसो कोटेश्वर पुगेका हुन ।
दुवै नेताबीच केहीबेर कुराकानी भएको थियो । ‘माधव कमरेडको स्वास्थ्य अवस्थाबारे कुराकानी भयो । नेपाल अहिले जनै खटिरा भएर घरमा आरम गरिरहेका छन ।अरु विषयमा कुरा नभएको भने स्रोतको दाबी छ ।
यस्तै कोटेश्वर बाट फर्कीएपछी प्रचण्ड नेपाली काङ्ग्रेसका सभापति देउवालाई भेट्न बुढानिलकन्ठ पुगेको श्रोतको भनाई छ ।
पछिल्लो समय गठबंधन सरकार प्रक्रियाको लागि नेता दाहाल र अन्य पाँचदलका नेताहरुको भेटघाट तीब्र बनेको छ। सर्वोच्चको आदेश नजिकिदै गर्दा नेताहरु चनाखो बनेका छन।