माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर
असार २७ काठमान्डौ – माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गर्दै पूर्वमावादीबाट एमाले प्रवेश गरेका नेताहरुको निवेदन खारेज गरेको छ।
प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियम पालना गरिरहेको जनाएको छ।
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरू पूर्वपार्टी अवैधानिक दाबी रहेको गर्दै दर्ता खारेजीका लागि शुक्रबार आयोगमा पुगेर निवेदन दिएका थिए ।
रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलगायता नेताहरुको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले लामो अवधिसम्म महाधिवेशन नै नगरेको भन्दै माओवादी केन्द्रको वैधतामा प्रश्न उठाउँदै आयोगमा निवेदन दिएका थिए। निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।