राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था राखौं संविधान संसोधन गरौ : वामदेव गौतम

काठमान्डौ – नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए ।

आफूले पोहर्सल पनि यो विषय उठाएको तर आफ्नो धेरै चरित्र हत्या गरिएको उनले बताए। मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिन भने ।म ओलीतिर गएको होईन : वामदेव गौतम

तपाई किन उठ्नुहुन्न भन्नभयो ?, मैले भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचमा विभेद अन्त्य गर्दिनुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरुले शासन गर्नुपर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो ।

त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरी पनि उठाउन चाहन्छु । यो राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौँ ।यदि राष्ट्रिय सभाको यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौं’, गौतमले भने। उनले प्रधानमन्त्री चयनको अधिकार राष्ट्रिय सभामा हुनेबित्तिकै बजेटसमेत राष्ट्रिय सभामा पेश हुन सक्ने तर्क गरे।

‘त्यो कोठा भित्र प्रस्तुत भएको बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुहोस् र यहाँबाट पारित गर्ने व्यवस्था गरौं’, गौतमले भने।उनले संविधानमा त्यस्तो व्यवस्था नभए परिवर्तन गर्नुपर्ने बताए।सडकमा प्रस्तुत हुन सक्ने राष्ट्रिय सभाले मान्नुपर्ने तर राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग हो त्यसमा छलफल गर्न सक्ने क्षमता यहाँ छ। विचार विमर्श गर्न सकिन्छ’, गौतमले भने, ‘यो मेरो माग हो उनले भने ।