देउवा सरकारबाट चार मन्त्रीले लिए सपथ

काठमान्डौ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद गठन गरेका छन्। उनले मन्त्रीमण्डल चार जना मन्त्री नियुक्त गरेका हुन्।

देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छिन । देउवाले आफ्नो दलबाट दुईजनालाई मन्त्री बनाएका छन्।
जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त भएक छन् ।यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । चारै जनाले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
