प्रधानमन्त्री देउवा नेपाललाई भेट्न निवासमा पुगे
असार ३० काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवासमा पुगेका हुन् ।
देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव-भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका छन् ।
त्यस्तै निवर्तमान प्रधानमन्त्री केपी ओलीले आजै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छोडेर आफ्नो घर बालकोट गएका छन्। यस्तै देउवाले आफ्नो सरकार टिकाउन संसदमा विश्वको मत लिनुपर्ने छ। विश्वको मत पाउन उनलाई नेपाल पक्षको साथ् अनिवार्य छ।