रुकुम चौरजहारी

प्रचण्डलाई भेटेपछि विप्लव र माधव नेपालबीच भेटवार्ता

रुकुम आठ विसकोट

असार ३१ ,काठमान्डौ – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

महासचिव विप्लवले बुधबार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ। यस्तै विप्लवले हिजो प्रचण्ड पत्नी सिता दाहालसंगपनि भेटघाट गरेका हुन्।