प्रचण्ड विप्लवलाई लगेर नेपाल निवासमा पुगेपछि

असार ३१ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

यस अगाडी नेता नेपाल र विप्लवको भेटघाट भएको तस्विर सार्वजानिक भएको थियो। लगतै प्रचण्ड सहित चार नेता छलफलमा जुटेको श्रोतले जनाएको छ।

महासचिव विप्लवले हिजो प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल गरेका थिए ।