रुकुम चौरजहारी

ओली पक्षलाई काउन्टर दिदै नेपाल पक्षले खोल्यो अखिल फोर्स

रुकुम आठ विसकोट

असार ३१ ,काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अर्का नेता केपी शर्मा ओलीलाई काउन्टर दिएको छ। ओली पक्षलाई काउन्टर दिदै नेपाल पक्षले बिहीबार अखिल फोर्स गठन गरेको छ।

आफ्नै पार्टीले सत्ताच्युत भएका ओली पक्षको युवा संघले युथ फोर्स पुर्नगठन गरेपछि नेपाल पक्षले आज अखिल फोर्स गठन गरेको हो। ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनको भनाई छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको हो ।यसअघि ओली पक्षको युवा संघले सोमबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।