एमाले संसदीय दलको बैठकमा नेपाल समूह अनुपस्थित

साउन १ काठमान्डौ – नेकपा एमाले संसदीय दलको बैठकमा पनि एमाले नेता माधव कुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । आजै बिहान बसेको एमाले स्थायी कमिटि बैठकमा पनि नेपाल समूह अनुपस्थित थियो।

संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुरु भएको छ । ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो। नेकपा कार्यदल एकता गर्ने भन्दै बनेको नेकपा एमाले कार्यदल आजको स्थायी कमिटि बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै विघटन गरेको छ।