गैंडाकोटबाट हराएकी विना नारायणी नदि किनारतर्फ गइरहेको सिसिटिभी फुटेज भेटियो

साउन १ चितवन – गत असार १४ गते भरतपुरबाट हराएकी युवती विना सापकोटा नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभीमा कैद भएको पाईएको छ ।नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी बिना सोहि दिन बाट हराईरहेकि छिन।

विनाका बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको भेटेको जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापालेका अनुसार राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको छ हामीले सो क्षेत्रमा उनको खोजीकार्य तिब्र पारेका छौ उनले भने।

विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग १ सेकेन्ड कुराकानीसमेत गरेकी थिइन्। विनाले अपरिचित व्यक्तिसंग फोन मागेर प्रवेशसंग कुरा गरेको फेला परेको छ। यस्तै विनाको मोबाईल भने प्रवेशको साथमा स्क्रिन फुटेको अवस्थामा फेला परेको थियो।

विनाले ति अपरिचित व्यक्तिको मोबाईलबाट प्रवेशसंग कुरा गरेपछि उनि नारायणी नदीको किनारातर्फ गएको ति व्यक्तिले विनाका बुबा जयश्वरले बताए। सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनीअगाडि हिँडिरहेको स्थानीयले देखेपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो।

रातिमा केटि मान्छे नारायणी नदीतिर गएपछि स्थानीयले एक छिन लाईट बालेर खोजेका थिए,तर उनीहरुले नदेखेको बताए। नारायणी नदीको किनारमा रहेको बुद्धको मूर्तितर्फ विना गएको स्थानीयले बताएका छन्। अहिले प्रहरीले सो क्षेत्रमा स्थानीयको सहयोगमा खोजि कार्य गरिरहेको छ।

पक्रा परेका प्रवेश हाल भरतपुर अस्पतालमा छन्। प्रवेशले विनालाई केहि छिनमा घरमा ल्यौअने भन्दै स्कुटरमा हालेर लागेका थिए। तर गएको दिनबाट विनना सम्पर्क विहिन भएपछि असार १८ गते बाबु जयश्वरले प्रवेशविरूद्ध प्रहरीमा उजुरी दिए।

प्रवेश र विना एक अर्कामा प्रेममा थिए ,विनालाई घरबाट लगेर प्रवेशले आफ्नो अर्की प्रेमिका भएको जानकारी गरेपछि विना बेहोस भएकि थिइन्। सोहि दिनबाट उनि वेपत्त छिन।