रुकुम चौरजहारी

चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप दिने

रुकुम आठ विसकोट

काठमान्डौ – चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने बताएकी हुन् ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज नेपाल आइसकेको छ ।

राजदूत यान्छी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच दुई देशको सम्बन्धबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री देउवाले चीन सरकारको खोप सहयोगमा धन्यवाद दिएका हुन्।