केपि ओली बालकोट सर्दा वालुवाटारबाट किचनका सामान समेत छोडेनन

काठमान्डौ – निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारी निवास वालुवाटार छोड्ने क्रममा किचेनका सामनहरु हराएका छन ।

ओली आफ्नो निजि घर बालकोट जांदा किचनमा खाना पकाउने भाडा कुडा हराएको खुलेको छ ।

ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन वा ओलीनै प्याक गरेर बालकोट लगेका हुन भन्ने भने खुलेको छैन ।

प्रधानमन्त्री निवास वालुटारमा यसरी किचनका सामान हराएको यो पहिलो घटना हो । प्रधानमन्त्री शेरबहादुर देउवा वालुवाटार प्रवेश गर्ने अघिल्लो दिन सरकारी निवासका किचनका सामानहरु हराएको श्रोतले जनाएको हो ।

किचनका सामान नभएपछि अब हामीले नयाँ सामान किन्दै छौ श्रोतले भन्यो ।