प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका छन्। देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे ।

देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रधानमन्त्री देउवाको प्रस्तावपछि संसदमा दलका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भएको छ ।यस्तै देउवाले निवर्तमान केपी शर्मा ओलीले गरेका राम्रा कामहरुलाई धन्यवाद दिएका छन्।

यस्तै प्रधानमन्त्री देउवालाई पाँच गठबन्धनले समर्थ गरेको छ भने नेकपा केपी ओली समूहले देउवाको विपक्षमा मतदान गर्ने बताएको छ।