महन्त ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

साउन ३ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । लगतै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । देउवाले आज संसदमा विश्वासको मत लिदै छन्।

अरगरियाले भने प्रधानमन्त्रीले हाम्रा माग मुद्दालाई सुनुवाई गर्ने प्रतिबद्ता जनाउनु भएको छ मैले यो विषय संसदमा पनि बोल्ने छु त्यसैले हाम्रो पार्टीले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो उनले भने।