पोर्न फिल्म बनाएको आरोपमा नायिका शिल्पा शेट्टीका श्रीमान पक्राउ

साउन ५ ,मुम्बई- अश्लिल फिल्म बनाएको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रालाई मुम्बई पुलिसले पक्राउ गरेको छ । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा सोमबार राति मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको हो।

यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी समेत बनाएको छ भने आजै मंगलबार राज कुन्द्रालाई कोटमा पेस गरिदैछ । गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएपछि पुलिसले अनुसन्धान गरेको थियो।

यो केसमा पहिलेनै पुलिसले चार जनालाई पक्राउ गरेर अनुन्सधान गरिरहेको छ। पक्राउ परेका आरोपिको टेक्निकल एविडेन्स बयानमा राज कुन्द्रालाई पक्राउ गरिएको हो। मुम्बई पुलिसका अनुसार नयाँ नयाँ कामको खोजीमा आउने सिधा सोझी केटीलाई यो कामको लागि फसाउने गरिएको बुझीएको छ।

पछि गएर ठुलो पर्दाको फ्लिममा काम लगाउने भन्दै युवतीको अश्लिल भिडियो बनाउने र हटसट नामक एक एपमा राखेर करोडौ पैसा कमाउने गरिएको बुझीएको छ। मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिएर अश्लिल फिल्म छायाँकन गर्ने गरेको पुलिसले जनाएको छ।

यस्ता अश्लिल फिल्महरु कयौ एपमा समेत रिलिज गरेको बुझीएको छ। यसको मुख्य आरोपी राज कुन्द्रा भएको पुलिसले जनाएको छ। राज कुन्द्राले भने एपसँग आफ्नो कुनै पनि लेनदेन नभएको दावी गरेका छन।