केपि ओलीले गर्दा धेरैको राजनीति करियर समाप्त भो मैले बेलैमा बुद्धि लगाए : प्रेम आले

साउन ५, काठमान्डौ – नेकपा एमालेका नेता प्रेम आलेले केपि ओली क्याम्प छोडेर मनमा शान्त मिलेको बताए ।ओली समूह छोडेर प्रधानमन्त्री शेरबहादुर देउवातिर लागेका उनी वचनका पक्का भएको समेत खुल्यो।

ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका आलेले विद्रोह गर्दै देउवा सरकारलाई साथ दिएका छन। केपि ओलीका गतिविधि हेर्दा उनले पहिलेनै ओलीको गुट क्याम्प छोड्ने निधो गरेको बताउँछन।

ओलीको पछि लाग्नेहरु धेरैको राजनितिक करियर समाप्त भएको समेत उनले बताए । केपि ओलीले आफ्नै पार्टी चलाउन नसक्नेले देश हाल्क्ने कल्पना नगर्न समेत आलेले चेतावनी दिए।

त्यस्तै आलेले आफू संग भएको शक्ति समेत देउवालाई दिएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि लोहत्से मलमा कोरोना संक्रमण जाँचका लागि स्वाव संकलन गर्न पुगेका बेला सांसद किसन श्रेष्ठ पनि थिए ।

स्वाव दिइसकेपछि सांसदहरु मातृका यादव, किसन श्रेष्ठ, प्रेम आले, हरिबोल गजुरेल, प्रेम सुवाल कुरा गर्न थाले । त्यहाँ उनी आफू केपी ओलीलाई छोडेर कतै जान नसक्ने बताइरहेका थिए ।

तर, आइतबार भने उनले शेरबहादुर देउवालाई लिएको वचन पूरा गरेका हुन।उनी सहित ८ जनाले देउवालाई विश्वासको मत दिने निर्णय गरेर उनले आफू ले बोलेको बचन पूरा गरेको बताए ।

निवर्तमान प्रधानमन्त्री केपि ओली सरकारमा उनलाई ओलीले वन मन्त्री बनाएका थिए त्यसपछि उनलाई हटाउदै ओलीले नारदमुनि रानालाई वन मन्त्री बनाएका थिए ।

आले त्यसपछि रिसाएका थिए । मन्त्री जस्तो पआ नियुक्ति पछि ओलीले बेला बेला साटा साट गर्ने आफू राम्रो काम नगर्ने र अरुलाई गर्न पनि नदिने गतेको आलेले बताए ।

यस्तै देउवालाई विश्वासको मत दिदा भने उनलाई पर्यटन मन्त्री दिने देउवाले बताएको आले बताउछन् । यो बिषयमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसंग देउवाले छलफल गर्ने कुरा रहेको छ ।