म ..एक सडक यात्री,

साउन ७ ,काठमान्डौ ,

अन्धकारको,
जालो फोड्दै..
उज्यालोमा भौतारिदै,
हिडेको मान्छे..।

एक,
सुनसान….,
निष्कपट…,
खोप्रोको छायाँमा
आँधीबेहरिको माथी…,
हिड्न बनेको वायु।

lekbesi

हो…,
म पागल,…
सडकमा,..
युगान परिवर्तनको….
गित गाउदै हिड्ने….,
क्रान्तिको बिगुल
बजाउदै हिड्ने…,
संघियताको घाँडो
नचाउदै हिड्ने,
म हु एक ,
पागल।

म,
एक सडक यात्री,
सडकमा जमेको फोहर,
थोत्रो मैलो लुगा..,
मन्दिरको भित्ता,
मेरो घर..,
यस्तै छ मेरो हाल..,
हो म सडक यात्री…।

म,
एक प्रगतिशील युवा,
निरङ्कुशलाई प्रतिवाद गर्दै,
क्रान्तिको धावा बोल्दै,
अबसरवादलाई पछि पार्दै..,
बढ्दै गरेको रुख हु।

हो,
यस्तै छ यहाँको खेल,
सचाईलाई बोल्दै गर्दा,
कोकिन्छ जेल नेल।

हो,
म एक..,
एक प्रगतिशील युवा…।

हो,,
म एक,
बिद्यार्थी,
कापी र कलम मेरो हतियार,,
देशको आवाजलाई बुलन्द गर्ने,
हजारौ,
आवाजलाई सुरम्य,
तालदिने ..,
महान संगितकार।

म एक,
सुन्दर बगैंचा भित्रको फुल,
जस्को सुवासले,,,
झुम्दछन हजारौ भमराहरु…,
लाग्दछन लहर पहारहरु।

म,
म नै हो,
म भित्र अरु,
मेरो विकल्प..?

कोहि छ..?
आखिर म नै म हु,
मेरो भित्र मेरो मन,
मन भित्र मेरि आमा,
आमा भित्र मेरो सानो संसार.।
त्यो पनि म…

डम्बर विस्वकर्मा(दृढ)
म एक सामान्य,
अबोध,…,
निरीह,….,
गन्तव्यहिन मान्छे,.,
२०७८ साउन ६ कर्णाली प्रदेश जाजरकोट,,