नेपाल पक्षका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने

काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गर्दै सांसदहरुलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।

स्पष्टीकरण पत्रमा पार्टीको ह्विप उल्लघन गर्ने ,पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको भन्दै २४ घन्टामा स्पष्टीकरण दिन भनीएको थियो। लगतै नेपाल पक्षले २२ सासंद सहित छलफल गरेका थिए।

छलफलले पार्टीलाई स्पष्टीकरण जवाफ नदिने बताएको थियो। त्यस्तै आज पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने बाटो बिराएर अल्पत्र परेका हरुलाई आममाफी भयो आउनुस संगै मिलेर काम गरौ भनेका थिए ।

तर नेपाल पक्षले भने स्पष्टीकरणको जवाफ दिने सांसद विरोध खतिवडाले बताए। स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।