उपत्यकामा २० गते सम्म निषेधाज्ञा थपियो

काठमाण्डौँ – काठमान्डौ उपत्यका थप १० दिन निषेधाज्ञा थपिएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
जसअनुसार खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, जुलुस जात्रा महोत्सव भोजभतेर आदि गर्न पाइने छैन ।
सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।


यस्तै बैठकले शैक्षिक संस्था पनि बन्द नै रहने निर्नय गरेको छ । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।
यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् ।
स्वास्थ्य मापदण्ड पालना गर्दै लामो दुरिका सवारीसाधन संचालन गर्न पाईने भएको छ ।कोरोनाको दोश्रो लहरपछि सरकारले बैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा गर्दै आईरहेको छ ।
