दार्चुलामा नेपाली चढेको तुइन भारतले काट्दा युवा नदीमा खसेर वेपत्ता

काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएका छन्।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएका कारण ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन्।

उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने सत्तारुढ दल नेपाली कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर दार्चुलाकोउक्त घटना तत्काल बाहिर ल्यौअना माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ। व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएको घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु । भारतले तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद्‌मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ विज्ञप्तिमा भनिएको छ ।