कस्ता हुनुपर्छ तीजका गीत (कदमको छायाँले) बरिलै आमाको मायाले
साउन २० काठमान्डौ- नेपाली गित संगीतका एक धरोहर सर्जक गायक नारायण रायमाझीले बजारमा सार्वजानिक गरेको तीज गीत कदमको छायाँले दर्शकको नजर खिचेको छ।
खिच्नु पनि पक्कै थियो ,किन कि तीजका वास्तविक गीत सिर्जना गर्ने मान्छे नेपालमा छन् भन्ने कसैले भुलेका छैनन्।तीज पर्व नेपाली समाजमा महिलाहरुको विशेष पर्व हो। जसमा महिलाहरुले कर्म घर देखि माईतिघरका पिडा पोख्ने गर्दछन र बर्षमा एक पटक महिला दिदि बहिनिहरु जमघट भएर नाच गान गर्छन।
जसमा एक दिनको भेट र जमघटले उनीहरुमा बर्षौ सम्मको पिडा भुलेर अनुहारमा खुसी देखिने गर्दछ। यसैले तीजको भिन्नै विशेष महत्व छ ,जुन कुरालाई सर्जक नारायण रायमाझीले प्रस्ट देखाईदिएका छन्।
कदमको छायाँ गीतबाट नेपाली गीत संगीतमा सिर्जना गर्ने र गीत निकाल्ने कलाकारले पक्कै केहि पाठ भन्ने सुक्नु जरुरि देखिन्छ।
तीज गीतका नाममा विभिन्न छाडा गीत निकालेर तीज पर्व सामाप्त पार्ने केहि जमात पनि छ तर उनीहरुलाई तीज पर्वको महत्व संस्कारनै थाहा छैन ।उनीहरु मात्र देखाउन खोज्ने र व्यापारिक पात्र हुन्। जसले आफू संगै धर्म सांस्कृति मास्नेमा जोड दिएका हुन्छन।
कदमको छायाँ गीतलाई सर्जक नारायण रायमाझीले २०५१ सालमा भिसिडि मार्फत बजारमा पठाएका थिए। जुन बेला यो गीतमा बरिस्ठ गायिका बिमा कुमारी दुरा ,शकुन्तला रायमाझी र सुस्मा आचार्यको स्वर रहेको थियो।
नारायण रायमाझीको सिर्जना संगीत रहेको यो पुरानो तीजको झल्को मेटाउने गीत कदमको छायाँमा आहिले गायिका सुनिता बुढाको स्वर रहेको छ। गीत दर्शकले निकै रुचाएका छन् भने अहिले युटुब ट्रेनडिङ्गमा चलिरहेको छ।गीतलाई रिमा ईन्टरटेनमेन्टको अफिसियल युटुबमार्फत बजारमा पठाईएको हो।