पार्टी एकता हुन् सक्छ तर सम्मान जनक हुनुपर्छ : नेपाल
साउन २१ ,काठमान्डौ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।
निवर्तमान केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । ‘पार्टी मैले बनाएको हुँ । एजेन्डामा हामीले जितेका छौं । नेता नेपालको भनाईलाई उद्धृत गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने। पार्टी एकता हुन्सक्छ तर सम्मान जनक हुनुपर्छ।
तस्विर : महासचिव दिपक जीएम,,
यस्तै आजको बैठकमा बोल्दै नेपालले एजेन्डामा आफूहरुले केपी ओलीलाई जितेको बताएका थिए । यस्तै बैठकमा केन्द्रिय सदस्यहरुले ओलीसंग लचकता हुनुपर्ने आवश्यक नरहेको नेपाललाई सुझाव दिएका थिए। विगतका गल्ति ओलीले बल्ल महसुस गर्न थालेको उनीहरुको भनाई छ । बिहीबारको बैठकमा ७३ जनाले हस्ताक्षार गरेका छन् । बैठक शुक्रबार सम्म चल्ने छ।