Simta
Simta
lekbesi

थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृ,त्यु

Gurvakot

साउन २८,काठमाडौं- गत पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २२९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन्। यो संगै कोरोनाबाट निधन हुनेको संख्या १० हजार २१२ रहेको छ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भईसकेका छन्।

 

Simta