अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेर गए
काठमाडौँ – अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको बीबीसीले उल्लेख गरेको छ ।
तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेकाे बीबीसीमा उल्लेख छ ।
घानी अफगानिस्तानबाट ताजकिस्तान पुगेको समाचार संस्था राेयटर्सले जनाएको छ। पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहर विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । यस्तै त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको पनि खबरहरू बाहिरिएका छन्।